२८ वैशाख २०८३ सोमबार
image/svg+xml
राजनीति

कानुनमन्त्री गौतम र यूएन आवासीय संयोजक याहियाबीच शिष्टाचार भेट

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग संयुक्त राष्ट्रसंघ (यूएन) की नेपालस्थित आवासीय संयोजक लिला पिटर्स याहियाले आज शिष्टाचार भेटघाट गरेकी छन्।

भेटमा आवासीय संयोजक याहियासहित यूएन मातहतका विभिन्न निकायका प्रमुखहरूको समेत उपस्थिति थियो। सो अवसरमा संयोजक याहियाले नवनियुक्त कानुनमन्त्री गौतमलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन्।

कानुन मन्त्रालयमा भएको उक्त भेटघाटमा नेपालको शान्ति प्रक्रियालाई थप सुदृढ बनाउने र न्याय प्रणालीमा सर्वसाधारणको पहुँच विस्तार गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

मन्त्री गौतम र यूएन प्रतिनिधिमण्डलबीच नेपालको कानुनी तथा संस्थागत सुधारका क्षेत्रमा संयुक्त राष्ट्रसंघले गर्दै आएको सहकार्यलाई आगामी दिनमा कसरी थप प्रभावकारी र सार्थक बनाउन सकिन्छ भन्ने विषयमा समेत विचार विमर्श भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०८३ २२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App