प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को बैठक आज (बिहीबार) बस्दै छ।
मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार गठित उक्त कार्यदलको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो।
बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरू र कार्यदलको आगामी कामकारबाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने बताइएको छ।
संविधान संशोधनका सन्दर्भमा बहसपत्र तयार गर्न सरकारले विभिन्न राजनीतिक दलका प्रतिनिधि र कर्मचारीतन्त्रका विज्ञहरू समेटेर यो कार्यदल बनाएको हो।
प्रकाशित: १० वैशाख २०८३ ११:३२ बिहीबार





