२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस मतगणना: उपसभापतिमा चन्द्र र विनोद तथा महामन्त्रीमा प्रदीप र डिलाको अग्रता

नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको आधा मतगणना सकिँदा खुला उपसभापतिमा चन्द्र भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले बलियो अग्रता बनाएका छन्।

यस्तै, समावेशी उपसभापतिमा विनोद चौधरी र महिला महामन्त्रीमा डिला संग्रौला अगाडि छन्। महाधिवेशनमा खसेको कुल ७ हजार ४३ मतमध्ये हालसम्म ३ हजार ३३५ भन्दा बढी मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ।

खुला उपसभापति पदतर्फ ३ हजार ४३५ मत गणना हुँदा चन्द्र भण्डारी १ हजार ६८६ मतसहित शीर्ष स्थानमा छन्। उनका प्रतिस्पर्धी मधु आचार्यले १ हजार ९० मत प्राप्त गरेका छन्।

यस्तै, सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र चन्द्रमोहन यादवले २९९ मत पाएका छन्।

केन्द्रीय उपसभापति समावेशीतर्फ विनोद चौधरीले अग्रता लिएका छन्। उनले ८९६ मत प्राप्त गर्दा जीवन परियार ८२९ मतका साथ पछ्याइरहेका छन्।

यसैगरी, फरमुल्लाह मन्सुरले ४६९, रंजीत कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन्। खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले २ हजार ५५ मत पुर्‍याउँदै आफ्नो मतान्तर निकै बढाएका छन्।

उनलाई पछ्याइरहेका उदयशमशेर राणाको १ हजार १५९ र सुनिलकुमार शर्माको ९३४ मत रहेको छ। त्यस्तै, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन्।

केन्द्रीय महामन्त्री महिलातर्फ डिला संग्रौला १ हजार ५१७ मतसहित अग्रस्थानमा छिन्। उनका प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ ले १ हजार ३९८ र रीता खनालले ३६५ मत प्राप्त गरेका छन्।

पदाधिकारीतर्फको आधा गणना सकिएसँगै निर्वाचन समितिले अब केन्द्रीय सदस्य पदको समेत मतगणना सुरु गर्ने तयारी गरेको छ।

प्रकाशित: २५ आश्विन २०८३ १८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App