नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको ‘विशेष भेला’ नयाँ बानेश्वरमा सुरु भएको छ। केही बेर अघिदेखि इतर पक्षका दोस्रो तहका नेताहरूको अगुवाइमा उक्त भेला सुरु भएको हो।
जेन–जी आन्दोलनपछि विशेष महाधिवेशनको माग गर्दै इतर पक्षका नेताहरूले हस्ताक्षर संकलन गरेका थिए। जसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन भएको दाबी गरिएको छ।
हस्ताक्षर संकलनमा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको पनि जोडबल थियो।
प्रकाशित: १८ कार्तिक २०८२ १३:३१ मंगलबार





