कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन गर्ने र १५औं महाधिवेशन नभएसम्म नयाँ कार्यसमिति गठन गर्ने प्रस्ताव पेस भएको छ।
प्रस्तावना भनिएको छ, 'नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनले आफ्नो कामकारबाहीलाई नियमित र व्यवस्थित गर्नका लागि कार्यविधि बनाउन वाञ्छनीय भएकोले, नेपाली कांग्रेस विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ बनाइ लागू गरिएको छ।'





प्रकाशित: २८ पुस २०८२ १२:३५ सोमबार





