लुम्बिनी विकास बैंकले सहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित साहारा फुटबल एकेडेमीलाई विगतका वर्षहरूमा गरिरहेको सहयोगलाई निरन्तरता दिँदै दुई लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ।
बैंक सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखाका प्रवन्धकहरू, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ लगायतका सरोकारवालाको उपस्थिति थियो।
कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले साहारा एकेडेमीमा आश्रित बाल–बालिकालाई निरन्तर सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए। साथै साहारा क्लबले निकै उदारणीय र प्रशंसनीय कार्य गर्दै आएकोमा क्लब लगायत संस्थाका पदाधिकारीहरूको उच्च प्रसंशा समेत गरे।
प्रकाशित: २३ माघ २०८२ १०:२४ शुक्रबार





