२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कपिलवस्तु–३ मा कांग्रेसका शाह विजयी

कपिलवस्तु क्षेत्र नम्बर ३ मा कांग्रेसका अभिषेक प्रताप शाह निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रकाश रजौरियालाई ४ हजार ६४५ मतान्तरले हराउँदै शाह निर्वाचित भएका हुन्। शाहले कुल २३ हजार ५३५ मत पाएका छन्।

यो जितसंग उनी चौथो पटक सांसद बनेका छन्। २०६४, २०७० र २०७४ साल उनी यही क्षेत्रबाट सांसद जितेका थिए। २०७९ सालमा भने एमालेका मंगल प्रसाद गुप्तासंग पराजित भएका थिए।

यस्तै, रास्वपाका रजौरियाले १८ हजार ६९० मत पाउँदा एमालेका विरेन्द्र कनौडिले १४ हजार ७६३ मत ल्याएका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ १६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App