सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक दिएको आदेशलाई पुनरावलोकन गर्न माग निवेदन परेको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशउपर पुनरावलोकन निवेदन दर्ता भएको छ।
न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए।
प्रकाशित: ७ श्रावण २०८३ २१:५२ बिहीबार


-600x400.jpg)


