२६ असार २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सदनमा कांग्रेसको पाँच मिनेट मौनधारण

प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले विभिन्न आन्दोलन तथा देशका लागि बलिदान दिएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पाँच मिनेट मौनधारण गरेका छन्।

बैठकमा नेपाली कांग्रेसका सांसद निस्कल राईले देशका लागि जीवन उत्सर्ग गर्ने सबै सहिदहरूको सम्मानमा मौनधारण गर्न प्रस्ताव गरेका थिए। उनले पूर्वमा चिवाभञ्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म नेपालको सीमा रक्षाका लागि संघर्ष गर्ने तथा प्रजातान्त्रिक आन्दोलन र जेनजी आन्दोलनमा ज्यान गुमाउने सहिदहरूको योगदान स्मरण गर्नुपर्ने बताएका थिए।

राईले सहिदहरूको आत्माको सम्मान गर्न र उनीहरूको बलिदानप्रति कृतज्ञता व्यक्त गर्न प्रतिनिधिसभामा मौनधारणका लागि समय मागेका थिए। 

त्यसपछि नेपाली कांग्रेसका सांसदहरूले आ–आफ्नो स्थानमा उभिएर पाँच मिनेट मौनधारण गरेका हुन्। मौनधारणका क्रममा अन्य राजनीतिक दलका सांसदहरू भने सहभागी भएनन्।  

प्रकाशित: २६ जेष्ठ २०८३ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App