१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता

नेपाली कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाले आफ्नो अग्रता कायम राखेका छन्। मतगणनाको पछिल्लो परिणामअनुसार खतिवडाले ९१७ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा अजयबाबु सिवाकोटीले अग्रता बनाएका छन्। उनले हालसम्म ६५३ मत ल्याएका छन्। कांग्रेसमा संशोधित विधानअनुसार दुई जना सहमहामन्त्री खुल्लातर्फ महाधिवेशनबाट निर्वाचित हुने प्रावधान रहेको छ।

अन्य प्रतिस्पर्धीहरूमा डल्लीराज सुबेदी ५ सय मतका साथ तेस्रो, देवेन्द्रराज कँडेल ३९५ मतका साथ चौंथो र विकास कोइरला ३३० मतका साथ पाचौं स्थानमा रहेका छन्।

यस्तै, राजीव ढुंगानालाई २९३ मत, अमृतकुमार अर्याललाई २०४ मत र विमलराज क्षेत्रीलाई ७२ मत आएको छ।

सहमहामन्त्री खुलातर्फ १९८९ मत गणना भइसकेको छ।

प्रकाशित: २६ आश्विन २०८३ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App