नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेशी खुलातर्फको मतगणनामा अनिल रुङ्गटा सबैभन्दा बढी मतसहित पहिलो स्थानमा रहेका छन्।
प्राप्त मतपरिणामअनुसार रुङ्गटाले २ हजार १५५ मत प्राप्त गरेका छन्। त्यस्तै, रामकृष्ण यादवले १ हजार ७३८ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् भने डा गरिब दास ठाकुर १ हजार ७३६ मतसहित तेस्रो स्थानमा छन्।
मधेशी खुलातर्फको मतपरिणामअनुसार दिनेश यादवले १ हजार ५७८, जितेन्द्र देवले १ हजार ५३६ र अशर्फी साहले १ हजार ५१४ मत प्राप्त गरेका छन्।
त्यस्तै, अशोक कुमार शाहले १ हजार ३३९, उमेशचन्द्र यादवले १ हजार ३००, मिथलेश मिश्रले १ हजार १६९ र जंगिलाल रायले १ हजार ८४ मत प्राप्त गरेका छन्।
यसैगरी, परमेश्वर साहले १ हजार ७०, श्रीप्रसाद राउतले ८१२ र लालबहादुर राउतले ७९६ मत प्राप्त गरेका छन्।
प्रकाशित: २९ आश्विन २०८३ ११:५९ बिहीबार





