नेपाली कांग्रेसले संसद् बैठक तत्काल आह्वान गर्न माग गरेको छ।
सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भएका सरकारी र गैरसरकारी कामकारबाहीबारे जनतालाई जानकारी दिन संसद् बैठक तत्काल बोलाउन माग गरेको हो।
यस्तै, बाढीमा बेपत्ताका घटना र समाधानका उपाय पहिल्याउन संसद् सञ्चालन आवश्यक रहेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।
यस्तै, कांग्रेसका सांसदले आफ्नो आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
प्रकाशित: १५ भाद्र २०८३ १४:५२ सोमबार





