२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस विवादः विशेष महाधिवेशन पक्षले संस्थापनलाई पठायो ८ बुँदे शर्त

नेपाली कांग्रेसको विवाद विभाजनको डिलमा पुगेका बेला दुवै पक्ष निर्णायक अवस्थामा पुगेका छन्। विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया अगाडि बढाउँदा उता संस्थापन पक्षले केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तयारी गरिरहेको छ।  

यसैबिचमा विशेष महाधिवेशन पक्षधरको वार्ता समितिले अन्तिम शर्त भन्दै ८ बुँदे शर्त पठाएको छ। जसमा लगभग सबै बुँदा यसअघि नै संस्थापन पक्षले स्वीकार गरिसकेका विषय परेका छन्।  

वार्ता समितिका तर्फबाट प्रदीप पौडेलले ती शर्त पठाएको स्रोतले बतायो। जसमा महामन्त्री विश्वप्रकाश शर्माको पनि सहमति रहेको भनिएको छ।  

यस्ता छन् ८ शर्त  

१) बिशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने।  

२) परिमार्जन सहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने।

३) सभापतिले सक्रिय भुमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने  

४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने  

५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने

६) कुनैपनी दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने।

७) नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने।  

८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने। जसमा–कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने।  

प्रकाशित: ३० पुस २०८२ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App