नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (आइतबार) बस्ने भएको छ। कार्यसम्पादन समितिको बैठक यही २२ गते बिहान ९ बजे सभापति निवास, बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए।
प्रकाशित: २१ भाद्र २०८२ १०:५८ शनिबार





