१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसले सोध्यो कान्छाराम तामाङलाई स्पष्टीकरण, तीन दिनभित्र पेस गर्न निर्देशन

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

सोमबार बसेको अनुशासन समितिको बैठकले तामाङको हालैका अभिव्यक्तिलाई अनुशासन उल्लंघनको रूपमा लिँदै स्पष्टिकरण माग गर्ने निर्णय गरेको हो।

समितिको दाबी अनुसार जिल्ला सभापति जस्तो जिम्मेवार पदमा रहेका तामाङले पार्टी र नेतृत्वप्रति लक्षित गर्दै भ्रम फैलाउने र तथ्यहीन भनाइ सार्वजनिक गरेको पाइएको छ। उक्त कार्य नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क), (ख), (ग), (ङ) र (च) अन्तर्गत अनुशासन विपरीत हुने उल्लेख गरिएको छ।

त्यसैगरी सोही विधानको धारा ३४ को उपधारा ८ (घ) अनुसार तीन दिनभित्र लिखित स्पष्टिकरण दिनुपर्ने निर्णय गरिएको समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ७ वैशाख २०८३ १९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App