१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई

प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले हासिल गरेको जितप्रति खेलाडीलाई बधाई दिएका छन्।  

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिए। ‘साफ यु–२० उमन्स कपमा आज नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई!’ प्रधानमन्त्री ओलीले लेखेका छन्।

शुक्रबारदेखि बंगलादेशमा साफ यु–२० महिला कप प्रतियोगिता सुरु भएको छ।

प्रकाशित: २८ असार २०८२ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App