२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

चार दलका युवा नेताको निष्कर्ष: जेनजीका माग पूरा हुनुपर्छ

चार राजनीतिक दलका युवा नेताले भर्चुअल बैठक गरी जेनजीका माग पूरा गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।  

बिहीबारको बैठकमा जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिमा सबैले संयमित भएर निकास निकाल्नुपर्ने जनाउँदै जेनजीका माग पूरा गर्ने निष्कर्स निकालेका हुन् ।

त्यस्तै युवा नेताले छलफलमा दलहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । त्यस्तै पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्ने निष्कर्ष युवा नेताको छ ।  

छलफलमा नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी र रास्वपाको तर्फबाट सोबिता गौतम र शिशिर खनाललगायत सहभागी थिए । 

प्रकाशित: २६ भाद्र २०८२ १५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App