प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेतृत्व तहमा रहेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्दा मुलुकको कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताएका छन्।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले कम्युनिस्ट आन्दोलन कमजोर हुनु र लोकप्रियतावाद बढ्नुमा स्वयं कम्युनिस्ट नेतृत्वको भूमिका रहेको टिप्पणी गरे।
उनका अनुसार नेपालमा कम्युनिस्ट पार्टीहरूले नेतृत्व गरेका ऐतिहासिक क्रान्ति, आन्दोलन र सङ्घर्षहरू सामाजिक–आर्थिक रूपान्तरणका महत्वपूर्ण आधार बनेका कारण जनताले कम्युनिस्ट शक्तिलाई पटक–पटक अवसर दिएका थिए। तर ती अवसरको प्रभावकारी सदुपयोग हुन नसक्दा आजको अवस्था सिर्जना भएको उनको भनाइ थियो।
शर्माले कम्युनिस्ट विचारधाराका नाममा प्रयोग गरिएका शब्द, नारा र राजनीतिक दृष्टिकोणलाई जनताको दैनिक जीवन र व्यवहारसँग जोड्न नेतृत्व असफल भएको जिकिर गरे। विचारलाई व्यवहारमा रूपान्तरण गर्न नसक्दा कम्युनिस्ट आन्दोलनप्रतिको जनविश्वास क्रमशः कमजोर बन्दै गएको उनले बताए।
उनले अब कम्युनिस्ट आन्दोलनलाई नयाँ पुस्ताको नेतृत्वमार्फत पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै वर्गीय, जातीय र क्षेत्रीय विभेद अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज निर्माणमार्फत क्रमशः वैज्ञानिक समाजवादतर्फ अघि बढ्न सकिने धारणा व्यक्त
प्रकाशित: १५ असार २०८३ १६:३५ सोमबार



-600x400.jpg)

