१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

जाँचबुझ आयोगले ओलीलाई पत्र काट्यो, गुन्डुस्थित निवासमै बुझाइयो

भदौ २३ र २४ को घटनाको जाँचबुझ गर्न बनेको आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काटेको छ।  

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई बयानमा बोलाउँदै पत्र काटेको आयोग स्रोतले बतायो। काटिएकाे पत्र ओली बसिरहेको भक्तपुरको गुन्डुस्थित निवासमै पुगेर बुझाइएको पनि स्रोतको दाबी छ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ।

आयोगले अन्तिममा ओलीको बयान लिन बाँकी छ। तर, ओलीले आयोगका अध्यक्ष कार्कीका विवादित पूर्व अभिव्यक्तिका कारण निर्णय सुनाइसकेको व्यक्तिसमक्ष बयान दिन नजाने अडान कायम राखेका छन्।  

प्रकाशित: २० पुस २०८२ १७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App