२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

आचारसंहिता उल्लङ्घन: कसले कुन दफा उल्लङ्घन गरे ?

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ।    

जसमा नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ञ) र (ण) अनुसार निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

त्यसैगरी श्रम संस्कृति पार्टीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लङ्घन भएको ठहर गर्दै स्पष्टीकरण सोधेको आयोगले जानकारी दिएको छ।  

त्यसैगरी आधारभूत विद्यालय, श्रीसिया, आदर्शचोकलाई बालविकास शिक्षिका सन्तोषी गुप्तालाई एवं जोरजुलम  करकाप प्रयोग गरी सरुवा गरिएको भन्ने बारेमा निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (च) अनुसार सो विद्यालयलाई स्पष्टीकरण सोधिएको पनि आयोगले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं-२ का उम्मेदवार महेश बस्नेतलाई नेपालको संविधानको धारा १८, निर्वाचन आचारसंहिता, २०८२ को दफा-४ को खण्ड (ठ), सोही आचारसंहिताको दफा १३ को उपदफा (१) को (ञ), मुलुकी अपराधसंहिता, २०७४ को दफा १५६ र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को पनि उल्लङ्घन भएको हो/होइन भनी आयोगले बस्नेतसँग जवाफ माग गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर-५ का उम्मेदवार बालेन्द्र शाहलाई एमाले अध्यक्षले सामाजिक सञ्जालमा राखेको विषयमा लेखेको प्रतिक्रियाका बारेमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।

त्यसैगरी, जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल (डा. निकोलस) सहित आचारसंहिता विपरीत काम भएको भन्दै १५ उमेदवारलाई स्पष्टीकरण सोधेको छ।

प्रकाशित: १३ माघ २०८२ १६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App