५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

जनार्दन लक्षित दाहालको टिप्पणी- पार्टीभित्र कति साथीहरूले सिङ्गौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर: दाहालको सचिवालय।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीकै उपमहासचिव जनार्दन शर्मालक्षित टिप्पणी गरेका छन्। नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औं स्मृति दिवसका अवसरमा बुधबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा दाहालले शर्मा लक्षित टिप्पणी गरे।

उनले शर्माको नाम नलिइ पार्टीभित्र कतिपय नेताहरूले सिङ्गौरी खेल्न खोजेको बताए। अहिले पनि कति साथीहरूले ल त भनेर अलिलि सङ्गौरी खेल्न पाए हुन्थ्यो भन्ने जस्तो गर्नुभएको छ। उहाँहरुलाई म प्रशस्त सिङ्गौरी खेल्न दिएको छु। जति सिङ्गौरी खेल्न मन लाग्छ, खेल्नुस् भनेर दिएको छु। अस्ति डेढ महिना परामर्श भन्दै देशभरि लिएरै हिँडे मैले। योभन्दा मैले गर्ने के हो जनवाद ?,' दाहालले भने।

उनले आजसम्म कसैलाई पार्टीबाट ननिकालेको जिकिरसमेत गरे। 'मेरो कमजोरीभिन्न मतलाई दमन गर्ने होइन। भिन्न मतप्रति बढी उद्धार हुने मेरो कमजोरी हो। मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि त्यही हो। मैले कसैलाई कारबाही गरिनँ, कमरेड किरण, कमरेड बाबुराम, कमरेड बादल अरु अरु थुप्रै थुप्रै। कसैलाई पनि मैले पार्टीबाट निकालेको चाहिँ छैन। तर, कतिपय साथीहरू भन्छन्- ननिकालेर के गर्ने, बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ होला। त्यो पनि सत्य होइन। मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु,' दाहालले भनेका छन्।

यसअघि मङ्गलबार काठमाडौंमै आयोजित एक कार्यक्रममा शर्माले दाहालका प्रति टिप्पणी गरेका थिए। नेतृत्व हस्तान्तरणको विषय उठाउँदै आएका शर्माले हिजो पनि त्यही आशयको भाषण गरेका थिए। जवाफमा दाहालले सिङ्गौरी खेल्न पाए हुन्थ्यो झैँ गरेको टिप्पणी गरेका हुन्।

प्रकाशित: ७ श्रावण २०८२ १६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App