२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन्।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा प्रदूषणले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेको बताए।

स्वच्छ, हराभरा र दिगो वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै उनले वातावरण संरक्षण केवल प्रकृतिप्रतिको दायित्व मात्र नभई वर्तमान र भावी पुस्ताप्रतिको साझा जिम्मेवारी भएको बताए।

प्रकाशित: २२ जेष्ठ २०८३ ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App