केही दिनदेखि मधेसका जिल्लाहरूमा भड्किएको सामाजिक सद्भाव कायम राख्नका लागि शनिबार कलैयामा सद्भाव र्याली निकालिएको छ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको आह्वानमा जिल्ला प्रशासन कार्यालयबाट निकालिएको सद्भाव र्यालीले कलैया बजार परिक्रमा गरेको थियो। सद्भाव र्यालीमा हिन्दु र मुस्लिम सामुदायका धर्म गुरु र अगुवाहरू, प्रतिनिधिसभा तथा प्रदेश सभाका सदस्यहरू, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू तथा सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।


प्रकाशित: १६ श्रावण २०८३ १२:४३ शनिबार





