कोशी प्रदेशसभामा नीति तथा कार्यक्रम माथि संशोधन प्रस्ताव राख्न सभामुखले समय नदिएको भन्दै बुधबार पनि विपक्षी दलले बैठक अवरुद्ध पारेका छन्।
सभा सञ्चालन भए लगत्तै विपक्षी दल नेकपाका सांसदहरू उठेर विरोध गरेका हुन्।
विपक्षी दलका सांसदले विरोध गरेपछि सभामुख अम्बरबहादुर विष्टले नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोलाई बोल्न समय दिएका थिए।
आङ्वोले विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रम माथि असन्तुष्टि राख्दा राख्दै सभामुखले संशोधनको समय पनि नदिई सर्वसम्मत पारित गरेको भन्दै बहुमतले पारित गरेको घोषणा गर्न आग्रह गरेका थिए।
सभामुख र विपक्षी दलका सांसदबिच विवाद भएपछि सभामुखले विरोधकैबिच संसदको बैठक अगाडि बढाउन खोजेपछि विपक्षी दलका सांसद तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई आक्रोशित हुँदै सभामुख तर्फ झम्टँदै रोष्टममा उक्लिएका थिए। उनलाई मर्यादा पालकहरूले रोकेका थिए।
प्रकाशित: १३ जेष्ठ २०८३ १४:०३ बुधबार





