२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सिके राउतको आरोप : प्रहरीको गाडी रास्वपाको प्रचारमा प्रयोग भएको छ

जनमत पार्टी नेपालका अध्यक्ष डा. सिके राउतले प्रहरीको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रचारमा प्रयोग भएको आरोप लगाएका छन् । शनिबार फेसबुकमा लेख्दै राउतले यस्तो आरोप लगाएका हुन् ।  

‘प्रहरीको गाडी रास्वपाको प्रचारमा प्रयोग भएको छ । प्रहरीले रास्वपाका उम्मेदवारलाई स्कर्टिंग गरेका छन्,’ राउतले फेसबुकमा लेखेका छन्, ‘यहाँसम्म कि प्रहरीले रास्वपाको मत माग्दै हिँडेका छन्।’  

प्रहरीले रास्वपाको अराजक हुललाई संरक्षण दिएको पनि राउतले लेखेका छन्। ‘जनताले सब हेर्दैछ, र जवाब दिनेछ,’ उनले अगाडि लेखेका छन् ।  

सँगै राउतले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताको अंश पनि सार्वजनिक गरेका छन् । जसमा सरकारको भूमिकामाथि नै प्रश्न उठाएका छन् । ‘मलाई पूरा आशंका के छ भने–यस्तो(जेनजी विद्रोह) घटना घटाउने। यस्तो प्राय हुन्छ । त्यसपछि त्यसलाई लिगलाइज(वैधानिक) गर्नलाई मञ्चन गरिन्छ। जस्तो इराकमा भयो,’ राउतले भनेका छन् ।  

प्रकाशित: २४ माघ २०८२ १५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App