२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

नेपाली कामदारको अवस्था बुझ्न मलेसिया जाँदै मुख्यमन्त्री सिंह

फाइल तस्बिर

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताका लागि आज मलेसिया जाने भएका छन्।

मलेसियामा उनले त्यहाँ रहेका नेपाली कामदार, विशेषगरी मधेस प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री सिंहले उनीहरूको अवस्था र समस्याबारे प्रत्यक्ष जानकारी लिनुका साथै विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन्। मुख्यमन्त्रीको यो भ्रमणलाई वैदेशिक रोजगारीमा रहेका कामदारको समस्या र अवस्थाबारे बुझ्न महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ।

सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको छ।

प्रकाशित: ६ भाद्र २०८२ १७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App