२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ: प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पुर्‍याउने बताएका छन्।

छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान र आस्थालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेका छन्।

छठ पर्वले राष्ट्रिय एकता, अखण्डता र सामाजिक मेलमिलाप कायम राख्दै मुलुकमा शान्ति र अमनचयन प्रवर्द्धन गर्न प्रेरणा दिने विश्वास सन्देशमा प्रदेश प्रमुख भट्टले व्यक्त गरेका छन्।

प्रकाशित: २९ कार्तिक २०८३ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App