संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद्मा बोल्नका लागि समय माग गरेका छन्।
यससँगै उनले राजीनामा दिन सक्ने अड्कल गरिएको छ। कुलिङ अफ पिरियड प्रकरणमा विवादित बनेका खतिवडाले केही दिनयता राजीनामाका लागि पार्टीका नेताहरूसँग छलफल गरेका छन्।
आज मात्रै पनि उनले सभामुख देवराज घिमिरे र पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग भेट गरेका थिए।
निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहर्याएको थियो।
प्रकाशित: २७ श्रावण २०८२ १४:४२ मंगलबार





