२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

वैद्यलाई भेट्न निवासमै पुगे अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यसँग भेट गरेका छन्। वैद्यलाई अध्यक्ष दाहालका राजनीतिक गुरु समेत मान्ने गरिएको छ।

टोखा हाइटस्थित वैद्यकै निवासमा भएको भेटबारे जानकारी दिँदै दाहालले लेखेका छन्,‘आज कमरेड मोहन वैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ। स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो। उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।’

उनी लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित छन्। यसअघि छातीमा सङ्क्रमण भएपछि गत असारमा वैद्य करिब एक महिना महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भएका थिए। 

प्रकाशित: ४ श्रावण २०८२ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App