४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्‌ बैठक बस्दै

आज (आइतबार) मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठक एक सातापछि फेरि आज बस्न लागेको हो। यसअघि गत आइतबार मन्त्रिपरिषद्‌को बैठक बसेको थियो। बैठक साँझ बस्ने बताइएको छ। समय भने खुलाइएको छैन। 

बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने बताइएको छ।

हालसम्म मन्त्रिपरिषद्‌मा चार सदस्य मात्र छन्। प्रधानमन्त्री कार्की तथा रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात) र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिला) मन्त्री हालको मन्त्रिपरिषद्‌मा रहेका छन्।

प्रकाशित: ५ आश्विन २०८२ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App