नेपाल सरकार मन्त्रिपरिषद् बैठक जारी छ । जेन जी पुस्ताको प्रदर्शन र त्यसपछिको घटनाक्रम अनि क्षतिका विषयमा बैठक जारी छ ।
यो नियमित भएपनि आजको घटनाक्रमले बैठकलाई विशेष बनाएको छ ।
यो समाचार तयार पार्दासम्म २० जनाको ज्यान गएको र धेरै घाइतेको अवस्था गम्भीर रहेको बेला मन्त्रिपरिषदले गर्ने निर्णयलाई महत्व चासोका साथ हेरिएको छ ।
यसैबीच नेपाली कांग्रेसले पनि आज आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको थियो । बैठकस्थलबाटै सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गरेका थिए ।
मन्त्रिपरिषद् जारी रहँदा देउवाले निर्णय सच्याउन ओलीलाई दवाव दिएका हुन् ।
प्रकाशित: २३ भाद्र २०८२ १९:३३ सोमबार



-600x400.jpg)

