सरकारको नियमित मन्त्रिपरिषद बैठक आज बस्दैछ । दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा बस्ने गरी बैठक डाकिएको छ ।
बैठकका नियमति एजेण्डासँगै कामका विषयमा छलफल हुनेछ ।
राजनीतिक दलले निर्वाचनको सुनिश्चितता सरकारले गर्न नसकेको आरोप लगाइरहेका बेला निर्वाचनको तयारीको विषय पनि एजेण्डा बन्न सक्नेछ ।
साथै बाढी पहिरोले पुर्याएको क्षति, पीडित नागरिकलाई दिइने राहत, जेन-जी समूहको लगातारको खबरदारीलगायतका विषयमा छलफल हुने बुझिएको छ।
प्रकाशित: ३० आश्विन २०८२ १४:५३ बिहीबार





