३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

सरकारलाई होइन, हामीलाई गाली गर्नुस् : अध्यक्ष ओली

फाइल तस्बिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री बालेन्द्र शाह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध बोल्दा सचेत रहन चेतावनी दिएका छन्। 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सरकारको आलोचना गर्दा कानुनी जोखिम निम्तिन सक्ने भन्दै यस्तो चेतावनी दिएका हुन्।

उनले भने, ‘बोल्ने बेलामा होस गर्नुस्, लेख्ने बेलामा होस गर्नुस्, प्रसारण गर्ने बेलामा बेसरी होस गर्नुस्। गाली हामीलाई गर्नुस्, सरकारतिर होइन, नत्र जानुहुन्छ झ्यालखान। हामीलाई जति गाली गर्न पाइन्छ, मज्जाले पाइन्छ, सरकारलाई होइन। म सरकारको मूल्यांकन गर्ने, सरकारलाई नम्बर दिने काममा छैन, तपाईँहरू आफैँ दिनुस्।’

सो अवसरमा उनले वर्तमान सरकारको १०० दिनको कार्यकालको कडा आलोचना गरे। उनले सरकारको अवस्था ‘उम्लिएको दूध’ जस्तै अस्थिर र होस–हवासविहीन रहेको टिप्पणी गरे। 

अध्यक्ष ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोइरहेका र मानिस विस्थापित भएका दृश्य सञ्चारमाध्यममा सार्वजनिक भइरहेको उल्लेख गर्दै सरकार संवेदनशील बन्न नसकेको आरोप लगाए।

प्रकाशित: २५ असार २०८३ १८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App