१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

विश्वप्रकाशको चेतावनी: नियमित महाधिवेशन हुन्न भन्नेले विशेष डाँक्दैछु भन्ने बुझ्नू

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको मिति घोषणाले विशेष महाधिवेशन माग्नेहरूको भावना पनि सम्बोधन गरेको दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुराकानी गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्। 

अब नियमित महाधिवेशन हुनेमा शंका नगर्न पनि उनले आग्रह गरे। कसैले ‘यो मिति तोक्नका लागि तोकिएको हो, महाधिवेशन हुँदैन है’ भन्यो भने त्यसले विशेष महाधिवेशनका लागि ५४ प्रतिशतले गरेको हस्ताक्षर पनि सम्झनुपर्ने चेतावनी दिए। ‘५४ प्रतिशत साथीहरूको हस्ताक्षर सहितको विशेष महाधिवेशन माग गरिएको फाइल हामीले यही केन्द्रीय कार्यालयमा सुरक्षित राखेका छौँ,’ उनले भने। 

त्यसैले नियमित महाधिवेशन नगर्ने, नगराउने, हुँदैन भनेर अलमल गराउने कुरा गर्दै गर्दा त्यो कुरालाई हेक्का राख्नुपर्ने उनले चेतावनी दिए। कसैले नियमित महाधिवेशन हुँदैन भन्ने दिशातिर गए उसैले विशेष महाधिवेशन तिर लगिरहेको बुझ्नुपर्ने उनले टिप्पणी गरे। 

‘नियमित महाधिवेशन हामीले सामना गर्ने हो, तर विशेष महाधिवेशन स्वयं सभापतिले सामना गर्ने हो,’ उनले भने। 

प्रकाशित: १५ मंसिर २०८२ १६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App