नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति समावेशीतर्फको निर्वाचनमा विनोदकुमार चौधरीले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणामअनुसार चौधरीले ३८२ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। उनले कुल मतको २८.८ प्रतिशत मत पाएका छन्।
त्यस्तै, जीवन परियार ३३० मतसहित दोस्रो स्थानमा छन्। उनले २४.९ प्रतिशत मत पाएका छन्। फरमुल्लाह मंसुरले १९० मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।
सीता गुरुङ १७० मतसहित चौथो र रंजीत कर्ण १०७ मतसहित पाँचौं स्थानमा छन्।
उपसभापति समावेशीतर्फ एक पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ।
प्रकाशित: २५ आश्विन २०८३ ०८:३० आइतबार


-600x400.jpg)


