सामाजिक विकास संस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको छ ।
शुक्रबारको कोशी प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री पाँचकर्ण राईले विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतले पारित गरेको कोशी प्रदेश सभाका सभामुख अम्मरबहादुर विष्टले जानकारी दिए ।
विधेयकमा कोशी प्रदेशमा दर्ता र सूचिकृत नभएका सङ्घसंस्था सँग प्रदेश सरकारले आफ्ना योजना तथा कार्यक्रममा सहकार्य नगर्ने व्यवस्था गरिएको छ ।
कोशी प्रदेशमा दर्ता तथा सूचीकृत भएका संघ संस्थासँग मात्रै प्रदेशका योजना तथा कार्यक्रमहरूमा सहकार्य गर्ने बाध्यात्मक व्यवस्था विधेयकमा गरिएको छ ।
प्रकाशित: २३ श्रावण २०८२ १७:५८ शुक्रबार





