४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बिजुक्छेको दाबी: सिंहदरबार सेनाबाहेक अरूले जलाउन सक्दैन

नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबार नेपाली सेनाबाहेक अरूले जलाउन नसक्ने दाबी गरेका छन्। शुक्रबार  ख्वप कलेजमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै बिजुक्छेले यस्तो दाबी गरेका हुन्। जसको भिडिओ अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ। 

‘सिंहदरबारमा सेनाबाहेक कसैले त्यो(आगजनी) गर्नै सक्दैन,’ बिजुक्छेले भनेका छन्, ‘सिंहदरबारमा बाहिरबाट कसैले गर्नै सक्दैन, भित्रैबाट गरेको हो।’ जेन–जी आन्दोलनमा भएको आगजनी र क्षतिमा अमेरिका र भारतको हात रहेको पनि उनले बताए। तर, उनीहरूले नेपालीलाई नै प्रयोग गरेको बिजुक्छेको दाबी छ।

‘उनीहरूले नेपालीहरूलाई नै प्रयोग गर्दैछन्। त्यस कारण विदेशमा नेपाली सेनालाई पठाउनुहुन्न भन्ने कारण त्यही हो। उनीहरू विचरालाई थाहै हुँदैन, तालिम नै त्यसरी दिएको हुन्छ। हरेक सेना मर्नको लागि तयार हुन्छ,’ उनले भने। 

अहिले जे भयो त्यो नेपाली युवाहरूले नजानेकै कारण यसो भएको पनि बिजुक्छेको दाबी छ। ‘युवाहरू हुन तिनीहरू, जे तिनीहरूलाई पढाएको छ, गलत छ। उनीहरूलाई थाहा हुँदैन,’ बिजुक्छेले भनेका छन्, ‘उनीहरूलाई त हामीले इमानदारीपूर्वक क्रान्ति ग¥यौं सोचिरहेका होलान्। जबकि त्यो क्रान्ति होइन, उनीहरूलाई संविधान पढाएको हुँदैन।’ 

जेन–जी अगुवाले राष्ट्रपति रामचन्द्र पौडेल पनि यति बेला डराएर संविधान विपरीत काम गरेको बिजुक्छेले टिप्पणी गरेका छन्। ‘राष्ट्रपतिलाई त थुतेर ल्याऊ भन्छ! राष्ट्रपति थररर..! अब के गर्ने? मनदेखि डरायो गर्दियो सही। स्थिति त्यो हो,’ उनले भने। 

प्रकाशित: ४ आश्विन २०८२ १५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App