३२ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

भृकुटी कागज कारखाना: ३३३ श्रमिकको ४० करोड बक्यौता

पाँच दिनभित्र समाधान नगरे आन्दोलनको चेतावनी

भृकुटी कागज कारखानाका ३३३ जना श्रमिकको बक्यौता पारिश्रमिक भुक्तानीको माग गर्दै “सफा, सुन्दर, हरियाली गैँडाकोट निरन्तर अभियान” ले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

प्रधानमन्त्रीलाई सम्बोधन गरिएको उक्त ज्ञापनपत्रमार्फत करिब ४० करोड रुपैयाँ तत्काल भुक्तानी गर्न माग गरिएको छ। नवलपुरको गैँडाकोटमा अवस्थित कारखाना २०६७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा रहेको छ।

लामो समयसम्म पारिश्रमिक नपाउँदा केही श्रमिकको मृत्यु भइसकेको र धेरै अझै पनि आशामा बसेको अवस्था रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

त्यसैगरी, गैँडाकोट नगरपालिकाभित्र रहेको करिब ६० बिगाहा जमिनको यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमुना बजारका रूपमा विकास गर्ने ठोस योजना बनाएर कार्यान्वयन गर्न माग गरिएको छ।

मागहरू पाँच दिनभित्र सम्बोधन नगरे कडा आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिइएको छ।

प्रकाशित: २१ वैशाख २०८३ १५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App