२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

रौतहट–४ मा भगत निष्क्रिय, धमलालाई समर्थन

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अघिल्लो दिन रौतहट क्षेत्र नम्बर ४ मा नयाँ राजनीतिक समीकरण बनेको छ। सत्यनारायण भगतले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै ऋषि धमलालाई समर्थन गर्ने घोषणा गरेका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी र आम जनता पार्टीबीच भएको राजनीतिक छलफल र सहमतिपछि जारी संयुक्त विज्ञप्तिमा भगतले आम जनता पार्टीका उम्मेदवार धमलालाई निस्वार्थ रूपमा सघाउने निर्णय गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘रौतहट क्षेत्र नं. ४ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सत्यनारायण भगत निष्क्रिय रही आम जनता पार्टीका उम्मेदवार ऋषि धमलालाई सहयोग गरी जिताउने दुवै पार्टीबाट सर्वसम्मत रूपमा निर्णय भएको छ।’

सहमति पत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार स्वयम् सत्यनारायण भगत र आम जनता पार्टीको तर्फबाट नारायण तिवारीले हस्ताक्षर गरेका छन्। निर्वाचनको पूर्वसन्ध्यामा भएको यो सहमतिले रौतहट–४ को चुनावी समीकरणमा नयाँ प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App