प्रधानमन्त्री केपीशर्मा ओलीले तलब खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण रहेको बताए। सरकारसँग स्टार्टअप लोन लिएर उद्यममा प्रगति गरिरहेका युवाहरूका उत्पादन हेरेका प्रधानमन्त्रीले उद्यमशीलताले मुलुकलाई समृद्धीको बाटोमा लैजाने बताए।
‘कसैले तलब खोज्छन्, उहाँहरूले रोजगारी सिर्जना गर्नु भएको छ,’ उनले लेखेका छन्, ‘उत्पादन बढाउनु भएको छ।सबैलाई उद्यम र सृजनशीलताका लागि शुभकामना !’
प्रकाशित: १६ श्रावण २०८२ ०७:१९ शुक्रबार





