प्रतिनिधिसभा निर्वाचन २०७९ मा दाङ क्षेत्र नम्बर २ मा पराजित भएका नेकपा एमालेका महाधिवेशन शंकर पोखरेल एकल सिफारिसमा परेका छन्। आइतबार बसेको एमाले क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको हो।
०७९ मा महासचिव पोखरेल तत्कालीन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित भएका थिए। नेपाली कांग्रेस र नेकपा एकीकृतसहितका दलको सहयोगमा उठेकी शर्माले १९६ मतान्तरले पोखरेललाई पराजित गरेकी थिइन्। शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेल २६ हजार ६ सय ८१ मत ल्याएका थिए।
यसपटक भने माओवादी केन्द्रसहित मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले त्यतिबेला जितेकी शर्मालाई सिफारिसमै छुटाएको छ।
प्रकाशित: २० पुस २०८२ १७:०० आइतबार





