२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

बालेन्द्रले भने- विपन्नले पनि निःशुल्क शिक्षा र स्वास्थ्य पाउनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले खल्तीमा पैसा नभएका विपन्न तथा गरिब परिवारले पनि सहज रूपमा शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्ने बताएका छन्। 

सुदूरपश्चिमको धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सर्वसुलभ शिक्षा र स्वास्थ्य सेवा नै रास्वपाको प्रमुख एजेन्डा रहेको बताए । 

‘खल्तीमा पैसा नभएका विपन्न गरिबले शिक्षा पाउनुपर्‍यो, त्यो नै हाम्रो एजेन्डा हो। खल्तीमा पैसा नभएका विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुपर्‍यो, त्यो नै हाम्रो एजेन्डा हो,’ उनले भने। 

शाहले सुदूरपश्चिमको समृद्धिसँगै समग्र देशको विकास जोडिएको बताए।  ‘सुदूरपश्चिम बनेको, देश बनेको त्यो सपना पूरा गर्ने हो, र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो,’ उनले भने।  

प्रकाशित: ६ फाल्गुन २०८२ १६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App