२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

जितपछि हर्कलाई बालेन्द्रले भने: धेरै 'माया'

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हर्क साम्पाङलाई झापा क्षेत्र नम्बर ५ बाट प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा विजयी भएका बालेन्द्र शाहले बधाईसहित माया व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत साम्पाङको जितप्रति प्रतिक्रिया दिँदै शाहले उनको स्टाटसमा लेखेका छन्, ‘तपाईंलाई सधैं माया थियो, छ र रहन्छ। तपाईं र धरानलाई सधैं माया छ।’ 

यसअघि साम्पाङले सामाजिक सञ्जालमा ‘सुनसरी १ बाट म पहिलो भएको घोषणा गर्दछु’ भन्दै आफ्नो विजयप्रति खुसी व्यक्त गरेका थिए। शाह र साम्पाङबीच विगतदेखि नै निकट सम्बन्ध र आपसी समर्थन देखिँदै आएको छ।

प्रकाशित: २४ फाल्गुन २०८२ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App