१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पदभार ग्रहण गरेर रास्वपा कार्यालयबाट बाहिरिए बालेन

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यलय पुगेका वरिष्ठ नेता बालेन शाह केहीबेरमै पार्टी कार्यालयबाट बाहिरिएका छन्।

आइतबार वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा पहिलो पटक पुगेका शाहले त्यहाँ तयार पारिएको आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका थिए। पदभार ग्रहण लगत्तै उनी कार्यालयबाट फर्किएका हुन्।

यसअघि कार्यालय पुग्दा उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका थिए। बालेन आउने जानकारी पाएपछि रास्वपा कार्यालय परिसरमा समर्थकहरूको बाक्लो भीड जम्मा भएको थियो।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टी कार्यालयमा स्वागत तथा पदभार ग्रहणपछि आजै जनकपुर जाने कार्यक्रम रहेको छ।

बालेन झापा-५ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारीमा छन्।

प्रकाशित: ४ माघ २०८२ १६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App