१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कुलमानपछि कुपण्डोलमा रविसँग छलफल गर्दै बालेन

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबिच छलफल सुरु भएको छ। 

ललितपुरको कुपण्डोलस्थित बालेन शाहका सहयोगी कुमार बेनको निवासमा दुईबिच छलफल सुरु भएको हो। बालेनले आज बिहान ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि भेट गरेका थिए। साथै उनले यसअघि कांग्रेस नेता तथा विघटित प्रतिनिधि सभाका सदस्य सुनील शर्मासँग पनि भेट गरेका थिए।

यसअघि बालेनले बुधबार साँझ पूर्व विवेकशील पार्टीका मिलन पाण्डे, रमेश पौडेल, जेनजी प्रतिनिधि रक्षा बम, सीके राउत, रेशम चौधरी, सुरज सिंह ठकुरी, सम्भव सिरोहिया, ऋषि धमला, निश्लचल बस्नेत, सिरोज गौतमलगायतसँग वानटुवान कुराकानी गरेका थिए।

बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट उनीसँगै प्रतिष्पर्धा गर्ने छलफलमा बताएको स्रोतको भनाइ छ।

उनी निर्वाचन आयोगमा दर्ता भएको पार्टीको नेतृत्व गरेर जाने स्रोतले जनायो। स्रोतका अनुसार बालेनको पार्टीको चुनाव चिह्न 'लौरो' रहने छ।

यो पनि पढ्नुहोस्

जेनजीहरूसँग मिलेर जाने बालेनको प्रस्ताव, एकजुट बनाउने जिम्मेवारी रक्षालाई

यो पनि पढ्नुहोस्

रविसँग कुरा नमिलेपछि आफ्नै दल बनाएर जाने गृहकार्यमा बालेन

प्रकाशित: १० पुस २०८२ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App