नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह जे हुन् उनले संसदमा त्यही नै गरेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले उक्त टिप्पणी गरेका हुन्। उनले भने, 'बालेन जे हुन्, त्यै गरे। मान्छे अहिल्यै आकाश खसे झै गर्छन्। गिलासमा रक्सीको अन्तिम मात्रा भरिएपछि बल्ल कथा सुरु हुन्छ।'
आफूले हिजोको संसद् नहेरेर गल्ती गरेको बताउँदै उनले कटाक्ष गर्दै भने, 'मैले हिजोको संसद् नहेरेर गल्ती गरेछु भन्ने थियो। आज कसैले भने- मैले त्यो भन्दा बढी मज्जा चार्ली च्याप्लीनको मौन हाँस्य कला र माईकल ज्याक्सनको नृत्यपूर्ण गीत हेरेर लिएँ।'
प्रकाशित: २९ वैशाख २०८३ १३:१८ मंगलबार





