१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार राजीनामा दिएको बताएका उनले आफ्नै दल नेपाली कांग्रेसभित्रको ‘प्रपञ्च’ का कारण सरकार छोड्न बाध्य भएको आरोप समेत लगाएका छन्।

गत वर्ष साउन ९ गते मुख्यमन्त्रीमा नियुक्त भएका लामाले एक वर्ष नौ दिन सरकारको नेतृत्व गरेपछि आइतबार पद त्याग गरेका हुन्।

साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नो कार्यकालमा भएका प्रगति विवरण प्रस्तुत गरेका थिए।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले आफूले इमानदारितापूर्वक काम गर्दागर्दै पनि दलभित्रकै षड्यन्त्रको शिकार हुनुपरेको बताए। ‘म इमानदारपूर्वक काम गरिरहेको थिएँ, तर आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नुपर्‍यो,’ उनले भने, “यो घटनाक्रमबाट म भाग्ने छैन। तर, यसले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको छ।’

प्रकाशित: १८ श्रावण २०८२ १९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App