बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौं १ गते विश्वासको मत लिने भएका छन्।
सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले विश्वासका मत लिन लागेका हुन्।
मुख्यमन्त्री बानियाँले भदौं १ गते विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेश सभालाई पत्राचार गरेका उनको सचिवालयले जनाएको छ।
समर्थन गरेको दल सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी 'बाध्यता छ। प्रदेश सभामा बहुमतबाट विश्वासको मत पारित हुन नसके मुख्यमन्त्री पदमुक्त हुने प्रावधान छ।
बागमती प्रदेश सभामा हाल १०४ सदस्य रहेका छन्। जसमा बहुमतको लागि ५३ सांसदको समर्थन आवश्यक पर्नेछ।
प्रदेश सभामा कांग्रेसको ३६ सिट, नेकपा एमालेको उपभासमुखसहित २५ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग २६ सिट रहेको छ।
यस्तै, प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टीका दुई सांसद रहेका छन्।
प्रकाशित: २९ श्रावण २०८३ १२:०६ शुक्रबार


-600x400.jpg)


