१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बादल भन्छन्: एमालेलाई लक्षित गरी ‘फुटाऊ र शासन गर’ नीति लिइँदैछ, सचेत रहौँ

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले अहिले लोकतान्त्रिक राजनीतिक दलको नेतृत्वलाई कमजोर बनाइ प्रतिक्रिया उन्मुख शक्तिहरू अघि बढ्ने प्रयत्नमा रहेको बताएका छन् ।  

यस विरुद्ध जुध्न पार्टीभित्र एकता, निरन्तरता र नेतृत्व संरक्षण अहिलेको अपरिहार्य आवश्यकता रहेको थापाले बताए । प्रेस चौतारी नेपालले शुक्रबार कार्यालयमा आयोजना गरेको संवाद कार्यक्रममा बादलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन ‘सामान्य महाधिवेशन नभई प्रतिक्रान्ति विरुद्धको निर्णायक राजनीतिक मोड’ भएको बताए ।  

थापाका अनुसार लोकतन्त्र स्थापना गर्ने राजनीतिक दलहरूको नेतृत्वलाई कमजोर पारेर मात्र प्रतिक्रान्ति सफल बनाउन सकिन्छ भन्ने गलत अवधारणाबाट प्रेरित शक्ति सक्रिय अहिले सक्रिय भएका छन् । उनले भने, ‘राजनीतिक दलको नेतृत्व विस्थापित गर्ने प्रयास भइरहेको छ, नेतृत्वलाई विस्थापित गरेर मात्र प्रतिक्रान्ति सफल हुन्छ भन्ने सोचबाट प्रतिगामी शक्ति अघि बढेका छन्।’

उनले एमालेलाई लक्षित गरी ‘फुटाऊ र शासन गर’ नीतिअन्तर्गत शीर्ष नेतृत्वलाई हटाउने, पुस्तान्तरणको नाममा आफ्नै अनुकूलको नेतृत्व स्थापित गर्ने चलखेल भइरहेको टिप्पणी गरे । यस्तो प्रयास विफल पार्न एमालेले ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा अघि बढाउनुपर्ने थापाले बताए ।  

वर्तमान राजनीतिक परिस्थितिमा अध्यक्ष ओलीको नेतृत्वलाई निरन्तरता दिनु पार्टी र राष्ट्र दुवैकै आवश्यकतासँग जोडिएको बताउँदै उनले भने, ‘अनावश्यक उम्मेदवारी घोषणाले पार्टीलाई विभाजन र विसर्जनतिर लैजान्छ, महाधिवेशनबाट सहमतिमा आधारित एकताबद्ध नेतृत्व निर्माण गर्नुपर्ने छ।’

प्रकाशित: १९ मंसिर २०८२ १४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App