राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सप्तरी ३ का उम्मेदवार अमरकान्त चौधरीसहित नौजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । अख्तियारले सप्तरीको डाक्नेश्वरी नगरपालिकालाई चौधरीसहित नौजनालाई उपस्थिति गराइदिन पत्राचार गरेको छ ।
जिल्ला सप्तरी ढाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ स्थित पर्ने श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीसमेतको मिलेमतोमा भवन निर्माण कार्यमा भ्रष्टाचार गरेको भन्ने व्यहोराको यस कार्यालयमा दर्ता भएको उजुरीको अनुसन्धान भइरहेकोमा निम्न उल्लेखित मानिसहरूसँग केही आवश्यक कुराहरू सोधपुछ बयान गर्नुपर्ने भएको हुँदा निजहरूको नागरिकताको प्रमाणित प्रतिलिपिसहितका कागजहरू उपलब्ध गराई निजहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उपस्थित गराइदिनुहुन भन्ने व्यहोरासहितको पत्र अख्तियारले पालिकालाई पठाएको छ ।
पूर्वसांसद तथा दिवंगत नेता चन्द्रकान्त चौधरीका छोरा अमरकान्त चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।
प्रकाशित: २२ माघ २०८२ १४:३८ बिहीबार




